Logo

दृष्टिविहीन अमिट केसीले चैत्र २८ गते सगरमाथा आरोहण गर्ने, तयारी पूरा तर आर्थिक अभाव भएको गुनासो (भिडिओ)



काठमाडौं, १८ माघ । दृष्टिविहीन अमिट केसीले आगामी चैत्र २८ गते सगरमाथा आरोहण गर्ने भएका छन् । स्थायी घर बाग्लुङको जैमिनी नगरपालिका–४ फर्कुवाका केसीले सगरमाथा आरोहणको सम्पूर्ण तयारी पूरा भएपनि आर्थिक अभावमा परेकोले सहयोगी मनहरुलाई सहयोग गरिदिन अपिल गरेका छन् ।  आज (आइतबार) रिपोर्टर्स क्लब नेपालमा दृष्टिविहीन अमिट केसी सगरमाथा आरोहण अभियानको घोषणा–२०२१ ले पत्रकार सम्मेलन गर्दै यस्तो जानकारी दिएको हो । कार्यक्रममा पूर्व सिडिओ कैलाशनाथ खरेल, समाजसेवी ईन्दिरा राना, सरस्वती क्याम्पसका सह–प्राध्यापक चन्द्रबहादुर केसी, अपांगता मैत्री समाजका अध्यक्ष काशिलाल श्रेष्ठ सहभागी थिए । उनीहरुले केसीलाई सफल सगरमाथा आरोहणका लागि शुभकामना दिए ।

कार्यक्रममा बोल्दै केसीले लायन्स क्लब ईन्टरनेश्नल सय वर्ष पुगेको अवसरमा आफूले सन् २०१७ मा क्लबको झण्डा बोकेर सगरमाथा आरोहणमा गएको तर चौथो आधार शिविरमा पुगेर अग्सिजन समाप्त भएर फर्किएको सुनाए । उनले भने–‘मैले त्यतिवेला पनि सगरमाथाको सपना त्यहीँ छोडेर शरिर लिएर फर्केको छु भनेको थिएँ । मैले त्यतिवेला पनि पूनः आउने भनेको थिए । अहिले सगरमाथा चढ्ने तयारी पूरा भयो । मानसिक रुपमा तयारी अवस्थामा भएपनि आर्थिक अभावको कारणले यो अभियान संकटमा छ ।’ उनले यो अभियान सफल पार्नको लागि आर्थिक सहयोग गर्न आग्रह सबैमा आग्रह गरेका छन् ।

सहयोगको लागि उनले आफ्नो नाममा रहेको नेपाल बैंक लिमिटेडको खाता नम्बर ०२२०१०००४११९९३०००००, गरिमा विकास बैंकको खाता नम्बर ०१६०१९००७०९०१८०००००१ र प्रभु बैंकमा रहेको खाता नम्बर ०७३०१०००४८५९९७०००००१, सनराईज बैंकको खाता नम्बर १५६०७९८३६३२०५००१ मा सहयोग गर्न सकिने बताए । उनको सगरमाथा आरोहण सफल होस भन्दै कसले के भने ? पूरा भिडिओ हेर्नुहोस :

 

 



प्रतिक्रिया दिनुहोस्