Logo

पहिलो स्वचालित ढल्केवर सबस्टेशनको उद्घाटन आज



काठमाडौं, माघ १९ । नेपालको सबैभन्दा ठूलो सबस्टेशन मानिएको ४०० केभीको ढल्केवर जीआईएस (स्वचलित) सबस्टेशनको आज औपचारिक उद्घाटन हुँदैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो सबस्टेशनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

उक्त सबस्टेशन गत कार्तिक २६ गते नै पूर्ण रूपमा चार्ज गरिएको थियो ।यो ४०० केभीको पहिलो स्वचालित सबस्टेशन हो । नेपाल विद्युत् प्राधिकरणले २२ करोड ४३ लाखको लगानीमा सबस्टेशन बनाएको हो ।

प्राधिकरणले २०१७ डिसेम्बरमा लिन्सन इन्डिया प्रालि (साविकको एबीबी इन्डिया लिमिटेड) लाई उक्त सबस्टेशन बनाउन जिम्मा दिएको थियो । कम्पनीले सबस्टेशन निर्माण गरिसकेपछि औपचारिक उद्घाटन गर्न लागिएको हो । धनुषास्थित ढल्केवर सबस्टेशनमा आज ११ बजे उद्घाटन कार्यक्रम रहेको छ ।



प्रतिक्रिया दिनुहोस्