Logo

बागमतीमा ११ सय किमि नयाँ सडक



काठमाडौं, माघ १९ । बागमती प्रदेशले तीन वर्षको अवधिमा ११५९ किलोमिटर सडक बनाएको छ। यस्तै तीन सय ९३ किलोमिटर सडकको स्तरोन्नति गरेको छ। यसले १८ वटा स्थानीय तहका केन्द्रलाई जोड्नेछ।

नयाँ सडकमध्ये ८९१ किलोमिटर सडक कच्ची, चार सय चार किलोमिटर सडक ग्राभेल, एक सय ५२ किलोमिटर सडक कालोपत्रे र ३३ किलोमिटर सडक ढलान गरिएको प्रदेश योजना आयोगका उपाध्यक्ष श्याम बस्नेतले जानकारी दिए। प्रदेश सुशासन केन्द्रले आइतबार ललितपुरस्थित कार्यालयमा गरेको पत्रकार सम्मेलनमा उनले भने, ‘यसमा ३७ वटा सडकपुल निर्माण भएको छ भने १६७ स्थानमा करिब ५७२ किलोमिटर कृषि सडकको निर्माण तथा मर्मत भई कृषि उपजको बजारीकरणमा सहयोग पुगेको छ।’

उनका अनुसार प्रदेशको गौरवको आयोजनाअन्तर्गत भीमफेदीदेखि कुलेखानीसम्म पोष्टबहादुर बोगटी सुरुङ मार्ग थालनी गरिएको छ। १।९ किलोमिटरको यो सुरुङ बनेपछि हेटौडा–काठमाडौं जोड्ने सडक १३ किलोमिटर छोटो हुनेछ। अन्नपूर्ण पोेस्ट् दैनिकबाट



प्रतिक्रिया दिनुहोस्