Logo

चिनियाँ र अमेरिकी विमान ताइवानको रक्षा क्षेत्रमा



एजेन्सी, १९ माघ । ताइवानको रक्षा क्षेत्र भित्र ६ वटा चिनियाँ लडाकू विमान र अमेरिकी एयरक्राफ्ट प्रवेश गरेका छन् । दुवै देशका विमानहरु ताइवान रक्षा क्षेत्र भित्र आइतबार प्रवेश गरेको ताइवानी रक्षा मन्त्रालयले जनाएको हो ।

अमेरिकी एयरक्राफ्टले उक्त क्षेत्रमा अनैतिक गतिविधि गरिरहेको समेत मन्त्रालयले जनाएको छ । गत साता ताइवान प्रभुत्व रहेको टापुमा विमानहरु दक्षिण क्षेत्रबाट प्रवेश गर्ना साथ त्यहाँको महौल ततिएको जनाइएको छ । अमेरिकाको नयाँ नेतृत्व चयन हुनासाथ अमेरिकी जहाज र विमानहरु उक्त क्षेत्रमा देखापरेको कारण आफ्नो क्षेत्रको रक्षाका लागि चीनले विमानको उपस्थीतीलाई बढाएको थियो ।

अमेरिकाले चिनियाँ विमानलाई निरन्तर आलोचना गरिरहेको जनाइएको छ । उक्त क्षेत्रमा अमेरिकी विमान देखापरेको विषयलाई पहिलापटक ताइवानले बताएको छ । उक्त क्षेत्रबाट अन्राष्ट्रिय रुपमा हत–हतियार आदन प्रदान गर्ने मूख्य बाटो रहेको कारण सम्पूर्ण शक्तिशालि देशहरुले उक्त क्षेत्रको निगरानी गरिरहेको जनाइएको छ । अमेरिकी गतिविधी बढेपछि उक्त क्षेत्रमा चीनले आफ्नो विमानलाई तैनाथ गरेको र ताइवान प्रति चीन खनिएको जनाइएको छ । ताइवान स्वतन्त्र हुनु भनेको युद्धलाई निम्त्याउनु भन्दै चीनले निरन्तर भन्दै आएको छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्