Logo

आज हाम्रो देशमा हड्डी अड्किएको छ : सिम्खडा (भिडिओसहित)



काठमाडौं, १९ माघ । चर्चित हाँस्यकलाकार तथा सरसफाई अभियन्ता श्रीकृष्ण सिम्खडाले नेपाली दाजुभाईहरुको भाइचाराको सम्बन्धमा तुषारापात गराउने दुष्साहस गर्ने प्रयास भएर त्यसको हिसाबकिताब गरिने चेतावनी दिएका छन् । शहीद दिवसको अवसरमा काठमाडौंको राष्ट्रिय शहीद पार्क गोकर्णमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै कलाकार सिम्खडाले यस्तो बताएका हुन् ।

सम्बोधनको क्रममा उनले भने–‘संवेदनशिल स्थानमा ख्याल ठट्टा गर्न पाइन्छ ?  हाम्रो भाइचाराको सम्बन्ध यही हुन्छ । हाम्रो सबै दलहरुको दाजुभाईहरुको भावना केन्द्रित गर्ने ठाउँ हो यो । यहाँ अरु कुरालाई लिएर प्रचार गरिएर हाम्रो भाइचाराको सम्बन्धमा तुषारापात गराउने दुष्साहस कहीँ कतैबाट भएदेख त्यसको हिसाबकिताब हामी माग्नेछौ । छाड्दैनो हामी । मैले त्यो देखिराखेको छु, अनुभुति गरिरहेको छु । शान्तसँग रहनुस, खुशीसँग रहनुस्, इन्जोयफुल जीवन बिताउनुस् । एक डोको साग बेचेर पनि आफ्नो पेट पालिने उर्वर भुमीमा हामी जन्मिएका छौँ । तर ठुलो–ठुलो सपना बोक्यो भने न उसले साग बेचेर न उ पालिन चाहान्छ । उसको जीवन त्यत्तिकै बर्बाद भएर जान्छ । त्यसैले सपना ठुलो त देख्न पर्छ । तर घाँटीमा अड्किने खालको हड्डी छिराउन खोजे के हुन्छ थोरै मासु पनि भित्र जाँदैन र हड्डी अड्किएर मान्छे मर्छ । त्यसैले हामीले हाम्रो घाँटी अनुसारको गाँस हाल्नुपर्छ । आज देशमा हड्डी अड्किएको छ । भित्र पनि जाँदैन र बाहिर पनि निस्कँदैन । अड्ेकेको अड्कै छ ।’



प्रतिक्रिया दिनुहोस्