Logo

चीनमा कोरोनाको ३ हजार नक्कली खोप



एजेन्सी, २० माघ । चीनमा कोरोन भाइरसविरुद्ध नक्कली खोप बनाएको आरोपमा ८० जनालाई पक्राउ गरेको छ । चिनियाँ सञ्चारमाध्यम ग्लोबल टाइम्सका अनुसार प्रहरीले जियांग्सु, बीजिङ्ग र शानडोंगबाट ३ हजार नक्कली खोप समेत उनीहरुलाई पक्राउ गरेको हो ।

ग्लोबल टाइम्सका अनुसार प्रहरीले गत बर्ष सेप्टेम्बरमा गिरोहले उच्च मूल्यमा खोप वितरण गरेको जानकारी पाएको थियो सोही अनुसन्धानका क्रममा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।नियन्त्रणमा लिएका ८० जनाको बयान अनुसार उक्त खोप मुलुकबाहिर पनि बिक्री वितरणको तयारी भइरहेको ग्लोबल टाइम्सले जनाएको छ । उनीहरूले सिनोभ्याक खोप भन्दै उक्त नक्कली खोप मुलुकबाहिर पठाउने तयारी गरिरहेको उल्लेख छ ।

सांघाइस्थित एक खोप विज्ञले ग्लोबल टाइम्सलाई भने, ‘खोपको कुनै असर छैन र यसले कुनै स्वास्थ्य समस्या पनि गराउँदैन । उक्त गिरोहले पैसाका लागि नक्कली खोप बिक्री गरेको पाइएको छ । उनीहरुको मानिसहरुलाई घात गर्ने उद्देश्य भएको देखिँदैन ।’चीनमा २ कम्पनी सिनोवाक र सिनाफार्मलाई मात्र खोप लगाउन जिम्मा दिइएको छ। दुबै कम्पनीहरूले अन्य धेरै देशहरूमा खोपहरू पठाउँदै आएका छन् ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्