Logo

आणविक सम्झौतामा पुनः सहकार्य गर्ने इरानको आग्रह



एजेन्सी, २० माघ । इरानले सन् २०१५ मा भएको आणविक सम्झौतामा फर्किन अमेरिकासहित सबै मुलुकलाई सहकार्य गर्न आग्रह गरेको छ । इरानका विदेशमन्त्री मोहम्मद जाभाद जरिफले सोमबार सीएनएनसँगको अन्तर्वार्तामा यस्तो बताएका हुन् ।

अहिलेको अवस्थामा समन्वय गरेर अघि बढ्नुपर्ने जरिफले बताएका हुन् । अमेरिकी राष्ट्रपति जो बाइडन प्रशासनले इरानसँगको आणविक सम्झौतामा फर्किनुपर्नेमा जोड दिँदै आएको छ । तर, इरानले भने अमेरिकाले प्रतिबन्ध नहटाएसम्म उक्त सम्झौतामा फर्किने सम्भावना नरहेको बताएको थियो ।

सन् २०१५ मा भएको सम्झौताअनुसार इरान आफ्नो आणविक कार्यक्रम सीमित पार्न सहमत भएको थियो । साथै अमेरिकाले पनि इरानमाथिको प्रतिबन्ध हटाउने निर्णय गरेको थियो । यस विषयमा इरानी विदेशमन्त्री जरिफले अमेरिका उक्त सम्झौता पालना गर्न तयार हुनुपर्ने र त्यसका लागि इरान पनि तयार रहेको बताए ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्