Logo

बुधबार उज्यालो हुन नपाई सेनाको वख्तरवन्द निस्कने



काठमाडौं, २० माघ । नेपाली सेनाको वख्तरबन्द बुधबार उज्यालो हुन नपाई निस्कने भएको छ । सेनाको वख्तरवन्द ५ बजे विहानै निस्किएर पाँचलाखतर्फ बढ्नेछ ।

नेपाली सेनाका अनुसार वख्तरवन्द नियमित अभ्यासका क्रममा निकालिन लागिएको हो । यो देशभरका पृतनाहरुबाट निकालेर अभ्यासमा प्रयोग गरिनेछ ।

उपत्यका पृतना अन्र्तगत वख्तरवन्द विहानै निस्किएर पाँचखाल पुग्ने र साँझ फर्कने छ । ८ वटै पृतना अन्तर्गतका मेकानाइज्ड युनिटहरुबाट वख्तरवन्द गाडीहरुको अभ्यास गर्ने योजना रहेको सेनाले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्