Logo

इलाममा १६ करोड खर्चेर बन्यो सिटी मार्ट



ईलाम, माघ २१ । देश संघीयतामा गएपछि जिल्ला सदरमुकामहरूको चहलपहल घटेका बेला व्यापारिक हिसाबले सर्वसाधारण आकर्षित गर्न स्थानीय सरकार क्रियाशील छ। राज्य पुनर्संरचना हुँदा १० स्थानीय तहमा विभाजित भएपछि इलाम सदरमुकाममा सर्वसाधारणको आउ–जाउ घट्दै थियो। तर, सदरमुकाम रहेको इलाम नगरपालिकाले विभिन्न महत्वपूर्ण संरचना निर्माण गर्दै सदरमुकामप्रतिको आकर्षण बढाउन प्रयास गरिरहेको छ।

नगरकै वडा ९ मा निर्माणाधीन फाल्गुनन्द–सुकिलुम्बा विमानस्थलको काम अन्तिम चरणमा छ भने इलाम बजारमा बहुतले पार्किङसहितको फिल्म हल बन्दै छ। यही क्रममा सम्भवतः स्थानीय तहमध्ये देशमै पहिलोपटक निजी–सार्वजनिक–साझेदारीको कानुन बनाएर नगरले इलाम चोक बजारमा सिटी मार्ट निर्माण गरेको हो। मार्ट निर्माणको काम अन्तिम चरणमा पुगेको नगरले जनाएको छ।

व्यापारिक हिसाबले सदरमुकाममा गाउँगाउँका बासिन्दा र यहाँ आएका पर्यटक आकर्षित गर्दै एउटै भवनमा सयौंखाले उपभोग्य सामग्री पाउने व्यवस्था मिलाउन नगरले सिटी मार्ट निर्माण गरेको हो। निजी क्षेत्रसमेतको साझेदारीमा १५ करोड ८४ लाख रुपैयाँ लागतमा २ वर्षअघि निर्माण थालिएको सिटी मार्टको ९५ प्रतिशत काम सकिएको नगरपालिकाले जनाएको छ। ‘अबको केही समयपछि सिटी मार्ट उद्घाटन हुँदै छ,’ इलाम नगरपालिकाका इन्जिनियर दीपक गुरागाईंले भने, ‘मुख्य संरचनाको काम सकिएर अन्तिम फिनिसिङको काम हुँदै छ।’ गत चैतमैै सकिनुपर्ने निर्माण कार्य कोरोना महामारीका कारण भएको लकडाउनले प्रभावित भएको हो।

निजी क्षेत्रसमेतको साझेदारीमा १५ करोड ८४ लाख रुपैयाँ लागतमा २ वर्षअघि निर्माण थालिएको सिटी मार्टको ९५ प्रतिशत काम सकिएको छ । जसमा ७८ वटा सटर पसल, ३ सय ३० जना क्षमताको पार्टी प्यालेस हल र १ सय २० जना अटाउने रेस्टुरेन्ट रहनेछन् । मार्ट भवनभन्दा अघिल्तिर बनेका २ वटा ब्लकमा ५ वटा सटर पसल रहनेछन् ।

नगरपालिकाका अनुसार ६ सय ७१ वर्गमिटरमा फैलिएको सिटी मार्टलाई सुविधाजनक व्यापारिक कम्प्लेक्सका रूपमा निर्माण गरिएको हो। यसमा ७८ वटा सटर पसल, ३ सय ३० जना क्षमताको पार्टी प्यालेस हल र १ सय २० जना अटाउने रेस्टुरेन्ट रहनेछन्। मार्ट भवनभन्दा अघिल्तिर बनेका २ वटा ब्लकमा ५ वटा सटर पसल रहनेछन्। सिटी मार्टको मुख्य भवनमा २ वटा लिफ्टसमेत जडान गरिसकिएको छ। भवनको सबैभन्दा माथिल्लो तलामा एकातर्फ तरकारी बजार रहनेछ।

सिटी मार्ट निर्माण भएपछि मासु पसलको व्यवस्थापन हुने र छरिएर रहेका खुद्रा पसल एकै स्थानमा रहने नगरले जनाएको छ। नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्