Logo

झाँक्रीलाई पक्राउ गरी कारबाही गर्न माग गर्दै गृहमन्त्री थापालाई ज्ञापनपत्र



काठमाडौं, २१ माघ । ओली नेतृत्वको नेकपाको अखिल नेपाल महिला संघले नेकपा दाहाल–नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई प्रक्राउ गरी कारबाही गर्न माग गरेको छ । आज (बुधबार) गृहमन्त्री रामबहादुर थापालाई भेटेर अनेमसंघले ज्ञापन पत्र बुझाउँदै यस्तो माग गरेको हो ।

गत माघ १६ गते गोरखाको सिरानचोक गाउँपालिकाको एक कार्यक्रममा झाँक्रीले राष्ट्रपति विद्यादेवी भण्डारीको चारित्रिक हत्या गरेको भन्दै प्रक्राउ गरी कारबाही गर्न माग गरेको हो । ज्ञापन पत्र बुझाउन नेतृ सुजिता शाक्यको नेतृत्वमा नेतृहरु गृहमन्त्रालय पुगेका थिए ।



प्रतिक्रिया दिनुहोस्