Logo

टाउको काट्न नपाएकाहरु जालझेल गर्दैछन्ः प्रचण्ड (भिडियोसहित)



काठमाडौं, २१ माघ । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विगतमा टाउको काट्न नपाएकाहरु फेरि षड्यन्त्रमा लागेको बताएका छन् । उनले जालझेल र षड्यन्त्रबाट सजग हुनुपर्ने बताए । ‘हामीविरुद्ध षड्यन्त्र र जालझेल ठुलै थियो ,’ प्रचण्डले पूर्व लडाकुहरुलाई सम्बोधन गर्दै राजधानीमा भने,‘ टाउको काट्न नपाएकाहरु फेरि जालझेल गर्दैछन् ।’ उनले पूर्व लडाकुहरुलाई पैसाबाट खरिद गर्न खोज्नेहरुबाट सचेत हुन समेत आग्रह गरे ।

केही दिन अघि प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व लडाकुलाई बालुवाटारमै भेटेर विभिन्न प्रस्तावहरु राखेपछि प्रचण्डको पछिल्लो भनाई आएको हो । पूर्व लडाकुहरुलाई भेडा बाख्रा जसरी खरिद विक्री गरेर सिध्याउन खोजेको टिप्पणी गरे । उनले भने,‘ भेडा बाख्रा जसरी खरिद विक्री गरेर सिध्याउन खोजेका हुन् । २० लाख ५० लाख दिएर लाने मोटो बनाएर काट्ने र मासु खाने गरी लाने हो ।’ पूर्व लडाकुसँग आफ्नो आन्दोलन गर्दाको रगतको नाता रहेको बताए । उनले आन्दोलनको नाता सबैभन्दा गाडा हुने बताए ।



प्रतिक्रिया दिनुहोस्