Logo

सरकारविरुद्ध थप संघर्षमा उत्रिने कांग्रेसको उद्घोष



काठमाडौं, २१ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारविरुद्ध थप संघर्षमा उत्रिनुपर्ने अवस्था सिर्जना भएको टिप्पणी गरेका छन् । कांग्रेसका प्रवक्ता शर्माले सामाजिक सञ्जाल ट्विटमार्फत सरकारले दम्भ र द्वन्द्वको परीणाममा संविधानको मर्म विपरितका काम गरेको टिप्पणी गरेका छन् ।

उनले भनेका छन्–‘विधि उलंघनको प्रवृत्तिप्रती हाम्रो प्रष्ट विमति छ ! क्रमशः१) संवैधानिक परिषद सम्बन्धि अध्यादेश २)त्यसपछिको बैठक ३)आजको सपथग्रहण l दम्भ र द्वन्द्वको परिणाममा संविधानको मर्म विपरीतको कर्मसाथ सर्वसत्ता उन्मुख प्रवृत्ति विरुद्ध, संघर्ष झनै घनिभुत बनाउनुपर्ने निष्कर्षमा छौं हामी l”

 



प्रतिक्रिया दिनुहोस्