दाहाल-नेपाल पक्षको भोलि बन्द आव्हन, गृह मन्त्रालयले निकाल्यो कडा विज्ञप्ती


काठमाडौं, २१ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल नेपाल पक्षले भोलि नेपाल बन्द गर्ने निर्णयसँगै नेपाल सरकार गृह मन्त्रालयले त्यससम्बन्धी ध्यानाकार्षण भएको भन्दै विज्ञप्ती निकालेको छ । गृह मन्त्रालयका सहसचिव तथा प्रवक्ता चन्द्र बहादुर बुढाको नाममा जारी विज्ञप्तिमा भनिएको छ,”दैनिक रुपमा सञ्‍चालित उद्योग, पेसा, व्यवसाय सञ्चालनमा कुनै बाधा अवरोध पुग्‍न नदिने गरी सुरक्षा निकायबाट आवश्यक सुरक्षा व्यवस्था मिलाइने हसँदा यातायात व्यवसायी लगायत सबै उद्यमी व्यवसायीहरुलाई निर्धक्क एवं पूर्ववर्त रुपमा आ–आफ्नो उद्योगधन्दा, पेसा, व्यवसाय सञ्‍चालन गर्न गृहमन्त्रालय आग्रह गर्दछ ।” हेरौं विज्ञप्तीको पूर्ण पाठ: