Logo

६ दिनमै १६ लाखको मार्सी चामल विक्री



काठमाडौं, माघ २२। खाद्य कम्पनीद्वारा पहिलोपटक विक्री शुरू गरिएको जुम्लाको मार्सी चामल ६ दिनभित्रमै १६ लाख रुपैयाँभन्दा बढी मूल्य बराबरको विक्री भएको छ । स्थानीय उत्पादनहरूलाई बजारमा ल्याई त्यसको ब्रान्डिङ तथा प्रवद्र्धन उद्देश्यले खाद्यले पहिलोपटक नेपाल फुड ब्रान्ड नाम दिएर मार्सी चामलको विक्री शुरू गरेको हो ।

कम्पनीले प्रतिकिलो २ सय २५ रुपैयाँका दरले हाल सम्म कुल १६ लाख २ हजार २ सय २५ रुपैयाँ बरावरको ७ सय २१ केजी चामल विक्री गरिसकेको छ । विक्री शुरू गरेको पहिलो दिनमै खाद्यले २० हजार ९ सय २५ रुपैयाँको ९३ किलो चामल विक्री गर्न सफल भएको थियो । दोस्रो दिनमा ३२ हजार ४ सय रुपैयाँको १ सय ४४ किलो विक्री भयो ।

तेस्रो र चौथो दिनमा क्रमशः ६ हजार ९ सय ७५ रुपैयाँको ३१ किलो र १७ हजार ३ सय २५ रुपैयाँको ७७ किलो विक्री चामल विक्री भएको थियो । त्यसैगरी पाँचौं दिन ४२ हजार ३ सय रुपैयाँको १८८ किलो विक्री भएकोमा छैटौं दिन पनि त्यति नै मूल्य बराबरको १ सय ८८ किलो चामल विक्री भएको कम्पनीले जानकारी दिएको छ । आर्थिक अभियान दैनिकबाट



प्रतिक्रिया दिनुहोस्