Logo

आजबाट देउवामाथि पौडेलले बढाए दबाब, तत्काल केन्द्रीय कमिटी बैठकको माग



काठमाडौं, २२ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तत्काल केन्द्रीय कमिटी बैठक बोलाउन माग गरेका छन् । उनले यस विषयमा आफूले सभापति शेरबहादुर देउवालाई पनि भनिसकेको जनाएका छन् । सामाजिक सञ्जाल फेशबुक पेजमार्फत नेता पौडेलले देशमा एकपछि अर्को राजनीतिक घट्नाक्रम विकसित भैरहेको पनि टिप्पणी गरेका छन् । उनले संसद छलेर ल्याईएको अध्यादेशको आवरण्मा संवैधानिक निकायमा भएका असंवैधानिक नियुक्ती त्यसैको पछिल्लो कडी भएको पनि दाबी गरेका छन् ।

उनले फेशबुकमा लेखेका छन्–‘देशमा एकपछि अर्को राजनीतिक घटनाक्रम विकसित भईरहेका छन् । संसद छलेर ल्याइएको अध्यादेशको आवरणमा संवैधानिक नियकायमा भएका असंवैधानिक नियुक्ती त्यसैको पछिल्लो कडी हो । यस्तो अवस्थामा नेपाली काँग्रेस जस्तो जिम्मेवार लोकतान्त्रिक पार्टीले एउटा स्पष्ट धारणा तय गर्न तत्काल पार्टीको केन्द्रीय समितिको बैठक बोलाउन आवश्यक छ । मैले पार्टी सभापति शेरबहादुर देउवालाई केन्द्रीय समिति बैठक तत्काल बोलाएर आवश्यक छलफल गर्न भनेको छु ।



प्रतिक्रिया दिनुहोस्