Logo

याद भुलाएर जिन्दगी अगाडि बढाउन पुजालाई आकाशको आग्रह



काठमाडौं । लोकप्रिय गायिका अञ्जु पन्तको स्वर रहेको गजल गीत ‘पुरानो घाउ’ सार्वजनिक भएको छ । आकर्षक भिडियो सहित सार्वजनिक गीतका शब्द चन्द्र प्रसाई ‘परिस्कृत’का रहेका छन् । गीतकार प्रसाईका यस अगाडि प्रेमको कथा, कथा मृत्युको लगायतका गीत हिट छन् ।
मेलोडियस शैलीमा तयार पारिएको गजल सुन्दा आनन्द लाग्ने छ । गीतमा संगीत सन्तोष श्रेष्ठले भरेका हुन्, भने बिष्णु अधिकारीको एरेन्ज, विश्व अधिकारीको रेकडिङ, मिक्सिङ र मास्टरिङ रहेको छ ।

भिडियो पछिल्लो समयका ब्यस्त निर्देशक देवेन्द्र पाण्डेले निर्देशन गरेका हुन् । जसमा अभिनेत्री पूजा शर्मा र आकाश श्रेष्ठको अभिनय देख्न सकिन्छ । भिडियोमा आकाश र पुजालाई निकै आकर्षक तरिकाले निर्देशक पाण्डेले उतारेका छन् । गीत मार्फत गीतकारले प्रेमीले प्रेमीकालाई पुराना प्रेमका याद भुलाएर जिन्दगी नयाँ तरिकाले अगाडि बढाएर सुखमय बनाउन प्रेरणा दिएका छन् । भिडियोमा पनि यस्तै कथा बुनिएको छ ।
निर्देशक पाण्डेको हरेक भिडियोमा फरक पन पाउन सकिन्छ । यो भिडियोमा पनि उनले केही फरक दिने कोसिस गरेका छन् । इनाक्षी इन्टरटेनमेन्टले निर्माण गरेको भिडियोमा उत्सव दाहालको छायाँकन, बिकाश दाहालको सम्पादन छ । भिडियोका प्रोडक्सन म्यानेजर दीपेन गौतम हुन् । Here is a video:

 



प्रतिक्रिया दिनुहोस्