Logo

जनकपुरमा झडप, पूर्वमन्त्रीहरु मातृका यादव र रामचन्द्र झासहित एक दर्जन घाइते



जनकपुर, २२ माघ । पूर्व मन्त्रीहरु मातृका यादव र रामचन्द्र झा प्रहरीसँगको झडपका क्रममा घाइते भएका छन् । आमहडताल आव्हान गरेको नेपाल कम्युनिस्ट पार्टीले गरेको प्रदर्शनका क्रममा प्रहरीले बल प्रयोग गर्दा उनीहरु घाइते भएका हुन् ।

प्रहरीले बन्द खुलाउन खोज्दा आन्दोलनकारीको नेतृत्व गरिरहेका नेकपा प्रचण्ड नेपाल समूहका स्थायी कमिटी सदस्य मातृका यादव र केन्द्रीय सदस्य रामचन्द्र झासहितको नेता कार्यकर्ता प्रतिकारमा उत्रिएका थिए । त्यसक्रममा एक दर्जन आन्दोलनकारी घाइते भए ।
झाको टाउकोमा चोट लागेको छ । झडपमा अश्रु ग्याँस र गोली समेत चलेको बताइएको छ ।

झडपका क्रममा सहिदनगर नगरपालिकाका मेयर उदय बरबरिया, प्रदीप साह, कारी यादव घाइते भएका छन् । यसैगरी, प्रहरी जवान लालबाबु राई पनि घाइते भएका छन् ।



प्रतिक्रिया दिनुहोस्