Logo

विनोद चौधरीको अगुवाईमा देशव्यापी ‘गरिखाने अभियान’, देशलाई आत्मनिर्भर बनाउने



काठमाडौं, २२ माघ । नेपालका एकमात्र डलर अर्वपति तथा विघटित प्रतिनिधिसभाका सांसद विनोद चौधरीको नेतृत्वमा नेपालमा लगानीको वातावरण र रोजगारी सिर्जना गर्नको लागि सुरू भएको ‘गरिखाने अभियान’ आक्रामक रूपमा अघि बढेको छ। चौधरी नेतृत्वको यो अभियानमा कांग्रेस नेताहर दीपक खड्का, ईन्द्रबहादुर बानियाँ र डा. गोविन्दराज पोखरेलको साथ छ ।

लाखौं युवाहरुलाई देशभित्रै रोजगारी सिर्जना नगरेसम्म मुलुक समृद्धिको यात्रामा अघि बढ्न नसक्ने चौधरीको निश्कर्ष छ । चौधरीले देशभित्र रहेको लगानी, आपुर्ती र उत्पादनबीचको खाडललाई पुर्ती गर्न गरी खाने अभियान सुरु गरिएको यसअघि नै पत्रकार ऋषि धमलासँगको कुराकानीमा बताईसकेका छन् ।

लगानीको वातावरण बनाएर रोजगारीको सृजना नगरेमा भोलि अझ कठिन हुनसक्ने र देश सामाजिक द्वन्द्वको बाटोमा जानेपनि उनले खतरा औंल्याएका थिए । चौधरीको नेतृत्वमा अभियान देशका ठूला शहरमा पुगिसकेका छन् । यसअघि उनीहरुले पर्साको वीरगन्जमा भव्य कार्यक्रम गरिसकेका छन् । युवाहरुसँग अन्तरक्रियापनि गरिएको थियो । वीरगन्जको कार्यक्रममा सांसद चौधरीले बेरोजगारी र ‘सप्लाई–चेन’को अवस्थालाई बदल्न अभियान थालिएको धारणा राखेका थिए ।

युवाहरूको सकारात्मक सोचलाई व्यवस्थित प्रणालीबाट अगाडी बढाउन आवश्यक रहेकाले एउटा प्लेटफर्म तयार गर्ने उद्देश्यसहित गरिखाने अभियान सुरु गरिएको चौधरीको भनाई थियो । कोरोना भाइरस (कोभिड(१९) महामारीले अहिले आपूर्ति श्रृंखला तोडिएको अवस्थामा अब देशमै आफैले केही उत्पादन गर्नुपर्छ भन्ने पाठ सिकाएकोले पनि गरिखाने अभियानले यसको लागि सात वटै प्रदेशमा संरचना निर्माण गरिने पनि चौधरीको भनाई थियो ।

 



प्रतिक्रिया दिनुहोस्

हल बुकिंग फाराम