Logo

सुर्य चिन्ह अंकित झण्डा बोकेर गंगा दाहाल दंग



काठमाडौं, २२ माघ । नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड-माधव समूहले आव्हान गरेको आमहडतालमा शिर्ष नेताहरु नै सडकमा पुगे । उनीहरु आफै आमहडतालका क्रममा सडकमा धर्ना दिन पुगेका थिए ।

नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि पुल्चोक पुगेर आमहडताल गराउन खटिएकाहरुलाई ऊर्जा दिन पुगेका थिए । साथमा उनकी छोरी गंगा दाहाल पनि पुगेकी थिइन् ।

गंगाले विरोध प्रदर्शनका क्रममा सुर्य चिन्ह अंकित सेतो झण्डा बोकेकी थिइन् । उनले निकै प्रसन्न मुद्रामा झण्डा बोकेको देखिन्थ्यो ।

तत्कालिन नेकपा एमालेको चुनाव चिन्ह सुर्य अहिले नेकपाको चिन्ह भएको छ । पूर्व माओवादीका अध्यक्ष प्रचण्डको चुनाव चिन्ह हसियाँ हथौडा गोलाकारभित्र थियो । एकतापछि सुर्य चिन्ह भएको छ । तर, यो चिन्ह अहिले विवादमा छ ।

गंगा दाहालले सुर्य चिन्ह बोकेको तस्बिर सामाजिक सञ्जालमा राखेपछि यसबारे प्रतिक्रियाहरु आइरहेको छ । यसप्रति धेरैको चासो समेत देखिएको छ । तस्बिरः सामाजिक सञ्जाल



प्रतिक्रिया दिनुहोस्