Logo

‘ह्वाई थिंक ट्यांक्स म्याटर’ ? शीर्षकमा काठमाडौंमा कार्यक्रम, कसले के भने ?



काठमाडौं, २२ माघ । आज काठमाडौंमा ह्वई थिंक ट्यांक्स म्याटर ? भन्ने शीर्षकमा एक दिने कार्यशाला आयोजना गरिएको छ । आज (बिहीबार) काठमाडौंको सांग्रिला होटलमा उक्त कार्यक्रम सम्पन्न भएको हो । भर्चुअल र भौतिक उपस्थिती दुवै तवरबाट उक्त अन्तरक्रिया गरिएको दक्षिण एसियाली अध्ययन केन्द्र (सीसास) का प्रमुख डा. निश्चलनाथ पाण्डेले रिपोर्टर्स नेपाल डटकमलाई जानकारी दिए । अन्तरक्रियामा सहभागीहरुले राज्यको विकासका लागि अध्ययन अनुसन्धान अत्यावश्यक भएकोले यसतर्फ सरकार र व्युरोक्रेसी चिन्ता र चासो रहनुपर्ने पनि धारणा राखेका थिए ।

 अन्तरक्रियामा आफ्ना धारणा राख्दै डा. पाण्डेले थिंक ट्यांक र गैर सरकारी संस्थाको लागि यो क्षेत्रमा स्पेस कम हुँदै गएको गुनासो पोखेका थिए । उनले विभिन्न अड्चन आए पनि निजी क्षेत्रबाट सक्रिय थिंक ट्यांकहरू अब्बल देखिएको र यो अध्ययन अनुसन्धानले सरकारलाई सहयोग पुग्ने स्पष्ट पारेका छन् ।

उनले भने,‘अहिले भएका अनुसन्धान संस्थाहरू आपसी सहकार्य गरेर अघि बढ्न आवश्यक छ, सरकारले पनि यस्ता संस्थाहरूलाई प्राथमिकतामा राखेर सहकार्य गर्न सक्नुपर्छ ।’ पोष्ट कोभिड विश्वमा थिंक ट्यांक्स भूमिका महत्वपूर्ण हुने बताउँदै पाण्डेले विभिन्न प्रकाशन र सामाजिक सञ्जालमार्फत अध्ययन, अनुशन्धान ल्याउनुपर्ने बताए ।

सिंगापुरमा रहेर अध्ययन अनुसन्धानमा सक्रिय क्रिस्टायन एक्लेले नेपालबाट यसरी थिंक ट्यांकहरू सूचीकृत हुनुले अध्ययन र अनुसन्धानमा नेपालीहरूको लगाव झल्केको बताए । उनले भने,‘थिंक ट्यांकहरूबीच सहकार्य गरेर नै अध्ययन अनुसन्धानलाई थप खार्न सकिन्छ ।’

 



प्रतिक्रिया दिनुहोस्