Logo

ओलीको आँखामा अचानक आँसु (फोटोफिचर)



काठमाडौँ, २३ माघ । प्रधानमन्त्री केपी शर्मा ओली नारायणहिटी अगाडि आयोजित सभालाई सम्बोधन गर्दै थिए । बोल्दा बोल्दै उनी केही छिन रोक्किए । सभामा उपस्थितहरु तर्फ उनको ध्यान खिचियो । उनीहरु तर्फ हेदै ओली निकै खुशी भए ।
दुवै हात उठाएर शान्त शान्त भन्न थाले । त्यती बेला उनको गला अवरुद्व भइसकेको थियो । ओलीले अंगरक्षकसंग पानी मागे । पानी पिइसकेपछि उनी बोल्न मात्र के लागेका थिए आँखा भरी आँसु बगाए ।

चश्मा खोलेर सेतो रुमाल झिकी आँसु पुछ्न थाले । ओलीले आफू नजिकै आएकालाई चिसो लाग्यो भने । तर ओलीले भावविहल भइ आँसु झारेका थिए ।

बोल्दाबोल्दै प्रधानमन्त्री ओलीको आँखाभरी आँसु

आजको सभामा ओलीले विगतमा भन्दा दमदार भाषण गरेनन् । उनी निकै भावुक मुद्रामा देखिएका थिए । विपक्षी प्रति निकै आक्रामक हुने गरेका ओली संयम र भावुक बढी देखिए ।

हेर्नुहोस भिडियो:



प्रतिक्रिया दिनुहोस्