Logo

दरबारमार्गको सभाले प्रधानमन्त्री ओलीको अवस्था लज्जाबोध : रामकुमारी झाँक्री (भिडिओसहित)



काठमाडौं, २४ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीले हिजोको ओली पक्षको सभाले प्रधानमन्त्री केपी शर्मा ओलीको लज्जाबोध भएको टिप्पणी गरेकी छिन् । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुराकानी गर्दै नेतृ झाँक्रीले हिजोको सभाले ओलीलाई प्रत्युत्पादक भएको बताईन् । उनले समय बलवान भएकोले आफूहरुले बोकेको मुद्दा नै जनताको मुद्दा भएको पनि टिप्पणी गरिन् । उनले आज को बलियो ? छ भनेर फैसला गर्ने समय नभएको पनि सुनाईन् ।



प्रतिक्रिया दिनुहोस्