Logo

इंज़िनीयर संघको राष्ट्रिय भेला जनकपुरधाममा सम्पन्न



काठमाडौँ २५ माघ। राष्ट्रीय इंज़िनीयर संघका केंद्रीय अध्यक्ष एवं मुख्यमंत्री स्वच्छता अभियानका प्रमुख सि.डि.ई भगवान झाको अध्यछतामा जनकपुरधाममा यही माघ १७ गते सम्पन्न भएको छ। इंज़िनीयरहरूको राष्ट्रिय भेलामा इंज़िनीयरहरूमाथी हुने सम्पूर्ण बिभेदलाई अन्त गर्ने अठोट गरिएको छ।

हाल देशका ४० ज़िल्लामा रहेका संगठन लाई ७७ ज़िल्लामा पूर्याउने प्रतिबधता व्यक्त गरदै इंज़िनीयरहरूको skill development गरी जॉब खोजी गर्ने तथा रोज़गार को सूरछा समेत गर्ने क़ुरा संघ का अध्यछ ई. झा ले उक्त सम्मेलनमा व्यक्त गरे! बिकास प्रेमीका रुपले चिनिने मुख्यमंत्री स्वच्छता अभियान प्रमुख ई. झा ले प्रदेश सरकारको सारथी भई प्रदेश भरी बिकास निर्माणका कार्यका लहर नै ल्याई आम जनतामा प्रदेश सरकार प्रति भरोसा जगाउने कार्य गरेका कारण इंज़िनीयरिंग पेशालाई उच्च मर्यादामा पूर्याएकोले आऊँदो चैत्र २० गते हुने NEA को चुनावमा प्रदेश २ को प्रमुखमा चुनाव लडन हजारौं इंज़िनीयरहरूले ई. भगवान झा माथी दबाव दिए।

राष्ट्रीय सम्मेलनमा प्रमुख अतिथिमा. महंथ ठाकुर र विशिष्ट अतिथिहरू सर्ब श्री राजेंद्र महतो,शरद सिंह भंडारी,अनिल झा,राज किशोर यादव, मुख्यमंत्री मा. लाल बाबु राउत,भौतिक पूर्वाधार मंत्री मा. जितेंद्र सोनल, पूर्व मंत्री श्री सर्वेन्द्र नाथ शुक्ल एबम श्री उमा कान्त झा र श्री हरि नारायण यादव,राज्य सभा सदस्य मा. बृशेष चन्द्र लाल, र अतिथि हरू CDEN president ई. उमेश थानी, NEA महासचिव ई. छवि पोखरेल, NEA पूर्व अध्यछ ई. ध्रुब राज थापा, NTES president डा.  ई.अजय झा,पूर्व DDG ई महाजन यादव,ई उमेश झा,NTES उपाध्यछ डा.  ई. आनन्द सिंह,NEA पूर्व उपाध्यछ ई दिलीप झा समेत गरी क़रीब १००० इंज़िनीयरहरूको सहभागिता रहेको थियो।

 



प्रतिक्रिया दिनुहोस्