Logo

कोरोना भाइरसविरुद्धको खोप बङ्गलादेशमा पनि शुरु



२५ माघ : बंगलादेशले गत महिनाको अन्तमा दुई दिने परीक्षणस्वरुप कोरोनाको खोप शुरु गरेकोमा आइतबारबाट यो खोप सर्वसाधारणलाई दिन थालेको छ । कोरोना भाइरसविरुद्धको खोप बंगलादेशमा आइतबारदेखि देशव्यापी रुपमा अभियानस्वरुप शुरु भएको बताइएको छ ।

बंगलादेशी स्वास्थ्य मन्त्री जाहिद मालेकले आइतबार बिहान राजधानी ढाकाबाट भिडियो कन्फरेन्सिङगका माध्यमबाट स्वास्थ्यकर्मीहरुलाई सम्बोधन गर्दै विशाल खोप अभियानको उदघाटन गर्नुभएको हो । यस खोप अभियानको राजधानी ढाकामा दर्जनौंसहित देशभरका १ हजार १५ स्वास्थ्य केन्द्रको बन्दोबस्त गरिएको जनाइएको छ ।
बंगलादेशका प्रधानमन्त्री शेख हसिनाले २८ जनवरीमा ढाकामा परीक्षणस्वरुप यो खोप दिइएको र आइतबारदेखि यस खोप अभियान शुरु भएको हो । यस परीक्षणमा देशका ५२९ जना स्वास्थ्यकर्मीले खोप लिएका थिए ।

प्रधानमन्त्री शेख हसिनाले संसदमा गर्नुभएको सम्बोधनमा सरकारले प्राथमिकताका आधारमा १ करोड ६९ लाखलाई खोप दिन पर्याप्त व्यवस्था गरेको बताइएको छ । बंगलादेशलाई जनवरी २१ मा अक्सफोर्ड र एस्ट्राजेनेकाबाट निर्मित २० लाख खोपको भारतले उपहार दिएको थियो । बगलादेशले भारतको सेरम संस्थानबाट खोपको ५० लाख डोज किनेको छ । उक्त खोप जनवरी २५ मा नै बङ्गलादेश आइपुगेको थियो ।-सिन्ह्वा/Photo: Agency



प्रतिक्रिया दिनुहोस्