Logo

सिंहदरबारअघि ‘केपी ओली वी हेट यु’ र प्रतिगमन मुर्दाबादको नारा घन्कियो (फोटोफिचर)



काठमाडौं, २५ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल-नेपाल पक्षनिकट अनेरास्ववियूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विरोधपत्र बुझाउने भएको छ । त्यसको लागि उनीहरु अनामनगरमा भेला भई नारा, जुलुश निकालेका छन् । जुलुशमा वी हेट केपी ओली, प्रतिगमन मुर्दाबाद, सुरक्षाकर्मी दाजुभाई सहयोग गर हामीलाई जस्ता नारा लागेका छन् ।

दिउँसो २ बजे सिंहदरबार दक्षिण गेटनजिकै हनुमानस्थानमा भेला भएका विद्यार्थीहरू सिंहदरबारतर्फ बढेका छन् । हनुमानस्थानबाट जुलुससहित विद्यार्थीहरू निस्केपछि त्यस क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । प्रदर्शनमा उत्रिएकाहरुले असंवैधानिक कदम खारेज गर्नपनि जोडदार रुपमा माग गरेका छन् ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्