काठमाडौं, २५ माघ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले प्रतिनिधि सभा विघटन मुद्दामा माघ ३० गतेभित्र सबैको बहस सक्नु पर्ने बताएका छन् । सरकारी वकिलको बहस सकिएपछि सुनुवाइमा प्रधानमन्त्री केपी शर्मा ओलीका निजी वकिल रमेश बडाललाई बहसका लागि दिईएको २० मिनेटको समयमा पनि बहस नसकेपछि राणाले थप १० मिनेट थप्दै भनेका थिए-“यो मुद्दामा धेरै समय खाइसक्यो। ३० गतेसम्म सबै बहस सक्नुपर्छ ।”
संसद विघटनविरुद्ध संवैधानिक इजलासमा सुनुवाइ भइरहेको उक्त मुद्दामा आज (आइतबार) सरकारी वकिलको बहस सकिएको छ। अब प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख अग्निप्रसाद सापकोटा र सर्वोच्चले गठन गरेको एमिकस क्युरीका वकिलहरूको बहस र रिट निवेदकका वकिलहरूको जवाफी बहस बाँकी छ। File Photo/ReportersNepal




प्रतिक्रिया