Logo

कम्युनिस्टहरु जहिले समस्या मात्र बने, अब काँग्रेसले निकास निकाल्नुपर्छः चन्द्र भण्डारी (भिडियोसहित)



काठमाडौं, २५ माघ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले देशको सबैभन्दा ठुलो समस्या नै कम्युनिस्टहरु भएको टिप्पणी गरेका छन् । सत्तामा हुँदा पनि र नहुँदा पनि कम्युनिस्टहरु समस्या बन्ने गरेको उनको भनाई थियो ।

‘कम्युनिस्टहरु सरकारमा हुँदा या नहुँदा समस्या बन्ने गरेका छन्,’ आज रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै डा. भण्डारीले भने,‘इतिहास साक्षी छ कि कम्युनिस्ट जहिले समस्या मात्र बने ।’ विगतमा सत्ता बाहिर हुँदा पनि सडकमा आउने देखि हिंसा मच्चाउने सम्मको कार्य गरेको इतिहास स्मरण गराए । अहिले सत्तामा हुँदा आफ्नो पार्टीको विवादका कारण प्रतिनिधि सभा विघटन गरेको बताए ।

जुन संसदबाट प्रधानमन्त्री बन्यो त्यही संसद विघटन गर्ने कार्य प्रधानमन्त्री केपी शर्मा ओलीले गरेर दुर्घटनामा देशलाई लगेको टिप्पणी गरे । उनले भने,‘नेपालका कम्युनिस्टहरु समस्या निकाल्न सक्छन् तर समाधान गर्न सक्दैनन् भन्ने पुष्टि भएको छ ।’ देशका लागि कम्युनिस्ट सबैभन्दा बिडम्बना भएको बताउँदै अब काँग्रेसले निकास दिनुपर्ने बताए ।

काँग्रेसले देशलाई सधै निकास दिएको भण्डारीको भनाई थियो । उनले भने,‘काँग्रेसले सधै त्याग गरेर भएपनि निकास दिएको छ ।’ काँग्रेसले नै देशलाई निकास दिने बताए । संविधान बचाएर काँग्रेसले नै निकास निकाल्नुपर्ने बताए ।

केही नेताहरुले आफू, परिवार र गुटगत स्वार्थमा लागेर समस्या मात्र सृजना गर्न लागिरहेको आरोप लगाएका छन् । उनले भने,‘हामी विकास, संस्कृतिको बाधक बनिरहेका छौं ।’ अहिलेको नेतृत्वबाट समस्या समाधान हुने आशा मरेको बताए । सडकमा अवरोध गरेर आफै आफै लडिरहेको टिप्पणी गरे । जनतालाई सत्ताको स्वार्थका लागि फेरि लडाउने भिडाउने काम हुनथालेकोमा सचेत हुनुपर्ने बताए । देशले सधै आन्दोलन थेग्न नसक्ने उनको भनाई थियो ।

अरुण तेस्रो तुहाएर जनतालाई दशकौं सम्म अध्यारोमा राखेको टिप्पणी गरे । भण्डारीले भने,‘अरुण तेस्रो बनेको भए उहिल्यै देशमा लोडसेडिङ्ग अन्त भइसक्थ्यो । जनतालाई अध्यारोमा राख्ने काम भयो ।’

देशमा राष्ट्रवादका नाममा १७ हजार मान्छे मारिएको उल्लेख गर्दै तर तिनै नेताहरुले देशलाई बर्बाद पारेको आरोप लगाए । उनले भने,‘जनतालाई भ्रममा पारेर देशको भविष्य अन्धकारमा लाने कामहरु भए ।’



प्रतिक्रिया दिनुहोस्