Logo

बार्सिलोनाले निकाल्यो जित



एजेन्सी, २६ माघ। स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले जित निकालको छ । आइतबार राति भएको खेलमा उपाधि दाबेदार बार्सिलोनाले रियल बेटिसलाई ३–२ गोल अन्तरले हराएको हो ।

खेलको ३८ औं मिनेटमा बोर्जाले गोल गर्दै बेटिसलाई अग्रता दिलाएका थिए । ५९ औं मिनेटमा मेस्सी बार्सिलोनाका लागि बराबरी गोल फर्काए । ६८ औं मिनेटमा भिक्टर रुइजले आत्मघाती गोल गर्दा बार्सिलोनाले २–१ गोलको अग्रता बनायो । ७५ औं मिनेटमा भिक्टरले गोल गर्दै बेटिसलाई २–२ गोलको बराबरीमा ल्याए । ८७ औं मिनेटमा त्रिनकाओले गोल गर्दै बार्सिलोनालाई ३-२ को जित दिलाए ।

जितसँगै बार्सिलोना लिगको दोस्रो स्थानमा उक्लिएको छ । बार्सिलोनाले २१ खेलमा ४३ अंक जोडेको छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्