Logo

साताको कारोबारको दोस्रो दिन नेप्सेले बनायो अहिलेसम्मकै उच्च रेकर्ड



काठमाडौं, २६ माघ । साताको कारोबारको दोस्रो दिन नेप्सेले नयाँ रेकर्ड राखेको छ । सोमबार नेप्से १.४८ प्रतिशत अर्थात ३७.४८ अंकले बढेर २५६१.४७ विन्दुमा पुगेको हो । यो हालसम्मकै उच्च विन्दु हो । आइतबार नेप्से २५२४ विन्दुमा पुगेर उच्च रेकर्ड बनाएको थियो ।

आज नेप्से परिसुचक अनुसार २०६ कम्पनीका ९२ हजार ७९ पटक कारोबार भएर १० अर्ब ६१ करोड ९१ लख ६३ हजार ८ सय ६९ रुपैयाँ बराबरको २ करोड ११ हजार ५५५ कित्ता शेयर खरिद तथा बिक्रि भएको छ ।

सोमबार सेन्सेटिभ इन्डेक्स ७.२८ अंक, फ्लोट इन्डेक्स ३.३६ अंक र सेन्सेटिभ इन्डेक्स ३.३१ अंक बृद्धि भएको छ । नेप्सेका अनुसार आज बैंकिङ्ग तथा विकास बैंक समुहको परिसुचक बढेसँगै नेप्से उकालो लागेको हो ।

सोमबार १२ समुह मध्ये ५ समुहको परिसुचक घटेकोे छ भने बाँकी ७ समुहका परिसुचक उकालो लागेको छ । जर्मन विकास लघुवित्त वित्तीय संस्था उच्च स्थानमा छ । सो लघुवित्तले ९.९२ प्रतिशत अर्थात ९८ रुपैयाँले बढेर १ हजार ८६ रुपैयाँ कायम भएको छ ।

त्यस्तै, प्रभु बैंक शिर्ष दोस्रो स्थानमा छ । बैंकको ९.१७ प्रतिशतले बृद्धि भई ४० रुपैयाँले बढेर ४७६ रुपैयाँ कायम भएको छ । आज वित्त समुहको परिसुचक २.०१ प्रतिशत, जीवन बीमा १.१३ प्रतिशतले बृद्धि भएको छ । नविल बैंक, डिप्रोक्स लघुवित्त र नेपाल लाइफको धेरै शेयर कारोबार कारोबार भएको छ । सोमबार व्यापार, हाइड्रोपावर, माइक्रोफाइनान्स, निर्जीवन बीमालगायतका समुहहरु घटेका छन् ।

 



प्रतिक्रिया दिनुहोस्