Logo

अब निर्वाचन भएपनि वा संसद पूनर्वहाली भएपनि यो व्यवस्थाले काम गर्दैन् : बालकृष्ण न्यौपाने (भिडिओसहित)



काठमाडौं, २७ माघ । वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले अहिलेको व्यवस्था नै असफल भएको दाबी गरेका छन् । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले भने,‘यो व्यवस्था असफल भयो । निर्वाचन भएपनि यो व्यवस्थाले काम गर्दैन् । संसद पूनर्वहाली भएपनि काम गर्दैन् । उहाँहरुले भाषण गर्नुभयो, १७ हजार मान्छे मारेर सिंगापुर बनाईदिन्छु भन्नुभयो । संसदीय व्यवस्था भनेको खसीको टाउको देखाएर कुकुरको मासु खाने व्यवस्था भनिएको हो । यो व्यवस्थाले सिंगापुर बनाईदिएको भए विकल्प खोज्नुपर्ने थिएन् ।’



प्रतिक्रिया दिनुहोस्