Logo

नेप्सेले गर्यो यी कम्पनीको शेयर कारोबार रोक्का



काठमाडौं, २७ माघ । सोमबार ११ कम्पनीको शेयर कारोबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले रोक्का गरेको छ । हिजो सुचना जारी गरेर नेप्सेले ७ जलविद्युत कम्पनी, एक बीमा कम्पनी, २ माइक्रोफाइनान्स र १ विकास बैंकको शेयर कारोबार रोक्का गरेको जानकारी दिएको हो ।

यी कम्पनीहरुले आव ०७५/०७६ को वार्षिक प्रतिवेदन धितोपत्रबोर्डमा पेश नगरेको कारण शेयर कारोबार रोक्का गरेको नेप्सले जनाएको छ । नेप्सेले सुचनामा धितोपत्र दर्ता तथा निष्काशन नियमावली ०७३ को नियम २६ को उपनियम अनुसार बोर्डमा पेश गर्नुपर्ने वार्षिक प्रतिवेदन लगायतका कागजात पेश गर्नुपर्ने वार्षिक प्रतिवेदन, वित्तीय विवरण तथा सुचिकरण विनियामावली ७५ को विनियम अनुसार पेश गर्नुपर्ने आवश्यक विवरणहरु पेश नगरेको कारण देखाउदै दोस्रो कारोबार रोक्का गरेको जनाएको छ ।

नेपाल हाइड्रो डेभलपर लिमिटेड, पञ्चकन्या माई हाइड्रोपावर लिमिटेड, पाँचथर पावर कम्पनी लिमिटेड, राधी विद्युत कम्पनी, कर्णाली डेभलपमेन्ट लिमिटेड, कालिका लघुवित्त, नेशनल माइक्रोफाइनान्स, युनिभर्सल पावर कम्पनी, रैराङ हाइड्रो डेभलपमेन्ट, युनियन हाइड्रोपावर कम्पनीहरुको नेप्सेले शेयर कारोबार रोक्का गरेको हो ।



प्रतिक्रिया दिनुहोस्