Logo

नेपाली कांग्रेस चुनावबाट टाढा जान सक्दैन्, जनताको अदालतमा जानुपर्छ : साउद (भिडिओसहित)



काठमाडौं, २७ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री एन.पी. साउदले आफ्नो पार्टी चुनावबाट टाढा जान नसक्ने दाबी गरेका छन् । उनले अदालतबाट भन्दापनि जनताको अदालतमा गएर यो मुद्दाको निरुपण हुनुपर्ने धारणा राखे । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । यद्धपी उनले अदालतले के गर्नुपर्छ भनेर आफूहरुले निर्देशित नगरेको पनि सुनाए । अदालतको निर्णय आफूहरुले सम्मान गर्ने पनि उनको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्