Logo

निर्वाचन आयोगबाट प्रधानमन्त्री ओली किन सिधै शितलनिवास ?



काठमाडौं, २७ माघ । प्रधानमन्त्री केपी शर्मा ओली आज विहानै निर्वाचन आयोग गएका छन् । आयोगमा पुगेर उनले निर्वाचनको तयारीबारे बुझेका छन् ।

निर्वाचन आयोगबाट ओली सिधै राष्ट्रपति भवन शितलनिवास गएका छन् । निर्वाचन आयोगबाट सिधै राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितलनिवास पुग्नुलाई अर्थपूर्ण मानिएको छ ।

ओली कुनै महत्वपूर्ण कदम चाल्न लाग्दा राष्ट्रपति भण्डारीसँग परामर्शका लागि जाने गरेका छन् । उनको आज राष्ट्रपति भण्डारीसँग हुनलागेको भेटमा चासो देखिएको छ ।-तस्बिरः मुकुन्द कालिकोटे रिपोर्टर्स नेपाल



प्रतिक्रिया दिनुहोस्