Logo

निर्वाचन आयोगमा पुगेर प्रधानमन्त्री ओलीले के भने ? सूर्य थापाले सुनाए सबै कुरा



काठमाडौं, २७ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगमा पुगेर पदाधिकारीसँग छलफल गरेका छन् । आज अपरान्ह आयोगको कार्यालय पुगेर प्रधानमन्त्री ओलीले निर्वाचनको तयारीबारे छलफल गरेका हुन् । आगामी वैशाख १७ र २७ गते हुने निर्वाचनको तयारीको बारे जानकारी लिन प्रधानमन्त्री ओली आयोगको कार्यालय पुगेको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । उनकाअनुसार प्रधानमन्त्री ओलीले प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरुसँग निर्वाचन तयारीबारे छलफल गरेका थिए ।

थापाले भने–‘प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आयोगको तयारीका बारेमा प्रधानमन्त्रीज्यूलाई जानकारी गराउनुभयो । र, प्रधानमन्त्री ओलीले आयोगलाई निर्वाचनको तयारीको कामलाई निरन्तरता दिन सुझाव दिनुभएको छ ।’ थापाले तोकिएको मितिमा निर्वाचन गराउनुको विकल्प नभएको कुरा प्रधानमन्त्री ओलीले आफ्नो धारणा राखेको पनि सुनाए । Photo By: Mukunda Kalikote/ReportersNepal



प्रतिक्रिया दिनुहोस्