Logo

निर्वाचन आयोगका पदाधिकारीलाई प्रधानमन्त्री ओलीको धन्यवाद (फोटोफिचर)



काठमाडौं, २७ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोग पुगेर आगामी वैशाख १७ र वैशाख २७ गते हुने निवाृचनको तयारीका सम्बन्धमा जानकारी लिएका छन्। छलफलमा सहभागी प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाकाअनुसार प्रधानमन्त्री ओलीले आगामी निर्वाचनको तयारीबारे जानकारी लिएका हुन् ।

Related News:

निर्वाचन आयोगमा पुगेर प्रधानमन्त्री ओलीले के भने ? सूर्य थापाले सुनाए सबै कुरा

प्रधानमन्त्री ओली निर्वाचन आयोग पुग्दा जे देखियो (फोटोफिचर) 

निर्वाचन आयोगबाट प्रधानमन्त्री ओली किन सिधै शितलनिवास ?

उक्त अवसरमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आयोगको तयारी जानकारी गराएका थिए । त्यस्तै, प्रधानमन्त्री ओलीले निर्वाचन तयारी कार्यहरू सन्तोषजनक रहेकोमा धन्यवाद ज्ञापन पनि गरेका थिए । तस्विर : सूर्य थापा÷प्रमका प्रेस सल्लाहकार



प्रतिक्रिया दिनुहोस्

हल बुकिंग फाराम