Logo

भृकुटीमण्डपमा जुत्ता चप्पल व्यापार मेलामा उपभोक्ताको ओइरो



काठमाडौं, २७ माघ । राजधानीको मुटु भृकुटीमण्डपमा कोरोना भाइरसको महामारीपछि माघ २१ गतेबाट जुत्ता चप्पल व्यापार मेला चलिरेहको छ । मेलामा मानिसहरुको दैनिक ओइरो लागेको छ ।

फुटवेयर म्यानिफ्याक्चर्स एशोसिएसन अफ नेपाल (एफम्यान) को आयोजनामा भएको मेलामा दैनिक ५ देखि ७ हजार उपभोक्ताहरु आउने गरेका छन् । स्वेदशी वस्तु प्रवर्धन गर्ने उद्देश्यले १८ ब्राण्डका जुत्ता–चप्पल न्युनतम एक सय रुपैयाँदेखि १० हजार रुपैयाँसम्ममा बिक्रिमा राखिएको एफम्यानका अध्यक्ष तथा क्रसरोड सुजका प्रबन्ध निर्देशक कृष्ण कुमार फुयाँलले बताए ।

‘व्यापार मेलामा प्रतिस्पर्धी मुल्यमा जुत्ता चप्पल राखिएको छ । हरेक कम्पनीको जुत्ता चप्पलमा २० देखि ५० प्रतिशत सम्ममा छुट दिएको छ ।’ उनले भने । अध्यक्ष फुयाँलले आशा गरेको भन्दा बढी उपभोक्ताहरु आएको बताए । तर कारोबार भने सोचेको जस्तो नभएको जानकारी दिए । ‘४ देखि ५ करोड व्यापार हुने लक्ष्य राखेका छौ’ उनले भने । सबै कम्पनीका जुत्ता चप्पल बिक्रि भएको उनले जिकीर गरे ।

व्यापार मेलाका व्यापारी तथा भेनस सुजका प्रबन्ध निर्देशक जीवन श्रेष्ठले दैनिक ५ देखि ७ लाख व्यापार हुने बताए । श्रेष्ठले कोरोना महामारीपछि पनि सोचेको भन्दा धेरै उपभोक्ताहरु भिजिट गर्न आएको जानकारी दिए । उनले बिहान साँढे ८ बजेदखि बेलुका ५ बजेसम्म दिनभरी ग्राहक आएर जुत्ता चप्पल खरिद गर्ने बताए ।

मेलामा भेनस सुज, क्रसरोड सुज, रन सुज, गोल्डस्टार सुज, ब्याम्बो सुज, फस्ट वाल्क, फिटराइट, केटीएम सुज, हाईलाइफ सुज, रोयल सुज, शिखर सुज, ल्याण्ड वाल्क, सुज ल्याण्ड, प्यारागन, डियर हिल, फुट सुज, कोशेली र बोस सुज कम्पनीका आकर्षक जुत्ता–चप्पलहरु रहेका छन् । माघ २१ गतेबाट सुरु भएको मेला फागुन १० गतेसम्म लाग्ने भएको छ ।



प्रतिक्रिया दिनुहोस्