Logo

मंगलबार नेप्से २९ अंकले सुधार, ८ अर्बको कारोबार



काठमाडौं, २८ माघ । कारोबारको तेस्रो दिन आज नेप्से ओरालो लागेको छ । मंगलबार २९.०१ अंकले घटेको हो । सोमबार २५६१ अंकले बढेर १० अर्ब भन्दा बढीको कारोबार भएको थियो ।

आज नेप्से परिसुचक १.१३ प्रतिशत अर्थात २९.०१ अंकले घटेर २५३२.४६ विन्दुमा रोकिएको हो । नेप्से परिसुचक अनुसार १९४ कम्पनीका ७१ हजार ११२ पटक कारोबार भएर ८ अर्ब १४ करोड ६२ लाख ६९ हजार १ सय ९३ रुपैयाँ बराबरको १ करोड ५९ लाख ८५ हजार १९८ कित्ता शेयर कारोबार भएको हो ।
आज सेन्सेटिभ इन्डेक्स ४.८९ अंक, फ्लोट इन्डेक्स १.८८ अंक र सेन्सेटिभ इन्डेक्स १.३९ अंकले घटेको छ ।

मंगलबार विकास बैंक र वित्तीय कम्पनी समुहबाहेक अन्य १० समुहमा गिरावट आएको हो । आज गुडविल फाइनान्स कोअपरेटिभ लिमिटेडको शयरमुल्य ९.९२ प्रतिशत अर्थात २६ रुपैयाँले बृद्धि भएर २८८ रुपैयाँ कायम भएको छ । त्यस्तै, श्री इन्भेष्टमेन्ट फाइनान्स लिमिटेडको शेयरमुल्य ९.६५ प्रतिशत अर्थात २२ रुपैयाँले बढेर २५० रुपैयाँ कायम भएको छ । समृद्धि फाइनान्स कम्पनी लिमिटेड र लुम्बिनी विकास बैंक लिमिटेडको शेयर क्रमश ९.५२ र ९.२६ प्रतिशतले बढेको छ ।

सर्पोट माइक्रोफाइनान्स वित्तीय संस्था, निर्धन उत्थान लघुवित्त, माउन्टेन इनर्जी नेपाल लिमिटेड लगायत कम्पनीका शेयरमुल्य घटेका छन् । आज प्राविधिक समस्या आएपछि नेप्सेले कारोबारको समय ३५ मिनेट थप गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्