Logo

दाहाल–नेपाललाई शान्ता चौधरीको सुझाव : प्रधानमन्त्री चाहिएको हो भने खरूखुरू चुनावमा जानुहोस



काठमाडौं, २८ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली पक्षधर नेतृ शान्ता चौधरीले दाहाल–नेपाल समूहले गरेको आन्दोलनलाई लिएर कडा आपत्ति जनाएकी छिन् । उनले दाहाल–नेपाल पक्षले गरेको आन्दोलन गलत भएको टिप्पणी गरेकी छिन् । प्रधानमन्त्री चाहिएको भए खुरुखुरु चुनावमा जान र पार्टी अध्यक्ष चाहिएको हो भने महाधिवेशनमा जान पनि उनले सुझाव दिएकी छिन् ।

सामाजिक सञ्जाल ट्विटरमार्फत उनले लेखेकी छिन्–‘आस्थिरताका बीचमा आफ्नो भबिस्य देख्नु भयोअहिले वाहाहरुको कुर्सी र पदकोलागी जनताले आन्दोलन गरिदिनुपर्ने कस्तो अचम्म देशको स्वाधिनता र जनताको जीविकोपार्जन सम्बन्धि किन बोल्नुहुन्न प्रधानमन्त्री चाहिएकोहो भने खुरुखुरु चुनावमा जानुस,पार्टी अध्यक्ष चाहिएकोहो भने महाधिबेशनमा जानुस् ।” File Photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्