Logo

गोकुल बाँस्कोटाले प्रचण्ड र माधव नेपालको आजको भाषण नसुन्ने, कारण यस्तो छ



काठमाडौं, २८ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली पक्षका प्रभावशाली नेता तथा पूर्वमन्त्री गोकुल प्रसाद बाँस्कोटाले नेकपा दाहाल–नेपाल पक्षका नेताहरुले विदेशी शक्ति गुहारेको गम्भीर आरोप लगाएका छन् । तर, उक्त समूहका कार्यकर्ताले चाहीँ राष्ट्रियताको रक्षा गरौं भनेर नारा लगाईरहेको पनि उनको टिप्पणी छ । आज सामाजिक सञ्जाल ट्विटरमार्फत उनले लेखेका छन्–”नेताहरु विदेशी शक्तिकेन्द्र गुहार्दैछन अनि कार्यकर्ता रास्ट्रियताकाे रक्षा गराै भनेर नारा लाईराछन।पुमा कम्पनीकाे कुरा न पराे ?बुझ्न सके पाे! भाे,आज भाषण नसुन्ने निर्णय गरे मैले त।” File Photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्