Logo

रामकुमारी झाँक्रीले भृकुटीमण्डपमा बोल्ने, प्रहरीले के गर्ला ?



काठमाडौं, २८ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीको चरित्र हत्या गर्ने अभिव्यक्ति दिएको आरोप लागेपछि नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड-नेपाल समूहकी नेता रामकुमारी झाँक्री चर्चाको शिखरमा छिन् । उनलाई पक्राऊ गर्न सत्तारुढ नेकपा निकट नेता कार्यकर्ताको दबाब बढेको छ । प्रहरीले उनलाई पक्राऊ गर्ने तयारी पनि गरेको छ ।

काठमाडौंमा आएपछि झाँक्रीलाई पक्राऊ गर्ने तयारी भइरहँदा उनी भने आज भृकुटीमण्डपमा देखापर्ने भएकी छिन् । नेकपाको प्रचण्ड-नेपाल समूहले आयोजना गरेको विरोध सभामा रामकुमारी पनि बोल्ने भएकी छिन् ।

उनले भृकुटीमण्डपमा बोल्न पाएमा राष्ट्रपति भण्डारीविरुद्ध कडा अभिव्यक्ति दिने बुझिएको छ । झाँक्री विरोध कार्यक्रममा पुगिसकेकी छिन् ।

झाँक्रीले सामाजिक सञ्जालमा आफू प्रदर्शनका लागि सडक पुगिसकेको लेखेकी छिन् । उनी तस्बिर समेत हालेकी छिन् ।



प्रतिक्रिया दिनुहोस्

https://pch.edu.np/

हल बुकिंग फाराम