Logo

दाहाल-नेपाल पक्षको विरोध जुलुश सुरू (फोटोफिचर)



काठमाडौं, २८ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल पक्षले आज काठमाडौंमा बृहत्त जनसभाको आयोजना गरेको छ । उक्त सभाको लागि काठमाडौंका विभिन्न ठाउँबाट जुलुश आउन सुरु भएका छन् । जुलुशमा शीर्ष नेताहरु नै सहभागी छन् । आज काठमाडौं उपत्यकाको ट्राफिक आवागमन नै प्रभावित बनेको छ । चक्रपथभित्र जुलुसमा सहभागी हुने गाडी भने प्रवेश गर्न पाउनेछन् । सभागृह अगाडी मुख्य सडकमा मञ्च बनेकाले घण्टाघर, पुरानोबसपार्कबाट सिंहदरबार आउने मुलबाटो बन्द गरिएको ट्राफिक प्रहरीले जनाएको छ । यसअघि नेकपा ओली पक्षले गत माघ २३ गते काठमाडौंमा आमसभाको आयोजना गरेको थियो । त्यतिवेला पनि काठमाडौंको ट्राफिक प्रभावित बनेको थियो । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्