Logo

विद्या भण्डारी तानाशाह अहंकारी सन्की प्रधानमन्त्रीको प्यादा: रामकुमारी झाँक्री



काठमाडौं, २८ माघ । नेपाल कम्युनिस्ट पार्टी प्रचण्ड-नेपाल समूहकी नेता रामकुमारी झाँक्रीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई प्रधानमन्त्री केपी शर्मा ओलीको प्यादा भनेकी छिन् । उनले भण्डारीलाई लोकतन्त्र र संविधानविरुद्धको खलपात्रको संज्ञा दिदै उनीविरुद्ध निरन्तर बोलिरहने बताइन् ।

‘विद्या भण्डारी अहंकारी सन्की प्रधानमन्त्रीको प्यादा हुन्,’ आज नेकपा प्रचण्ड-नेपाल समूहले भृकुटीमण्डपमा आयोजना गरेको विरोध सभामा बोल्दै झाँक्रीले भनिन्,‘निरंकुशताको साक्षी कोही बस्छ र प्यादा बन्छ भने त्यस्ता पात्रका विरुद्ध बोल्न पाइन्छ ।’ उनले भण्डारीलाई खलपात्र भन्दै महिला अस्मिता मिचियो भन्नेलाई चुनौती दिइन् । उनले भनिन्,‘कस्ले भन्छ यहाँ महिला अस्मिता मिचियो भनेर ?’

भागिरथी भट्ट र निर्मला पन्त बलात्कृत हुँदा महिला अस्मिता मिचिएको बताइन् । आफूलाई कारबाही गर्नुपर्ने माग गर्दैै गृहमन्त्रालयमा ज्ञापनपत्र दिन जाने अखिल नेपाल महिला संघका पदाधिकारीलाई चुनौती दिदै भनिन्,‘ महिला अस्मिता मिचियो भन्नेहरुले भागिरथीहरुलाई बलात्कार गर्नेहरुलाई कारबाही गर भन्दै गृह मन्त्रालय पुगे कि पुगेनन् ?’

अखिल नेपाल महिला संघलाई राष्ट्रपति भण्डारीले १८ वर्षयता प्राइभेट कम्पनी बनाएको आरोप लगाइन् । उनले भनिन्,‘१८ वर्ष भयो विद्या भण्डारीले अनेमसंघलाई प्राइभेट कम्पनी बनाएको ।’

आफूले राष्ट्रपति जस्तो सम्माननीय पदको विरुद्ध नभई पात्र र प्रवृत्तिविरुद्ध बोलेको तर्क गरिन् । झाँक्रीले भनिन्,‘हाम्रो रगत र पसिनाको बलिदानीले प्राप्त संस्था हो । हाम्रो शीरमाथिको संस्था हो । त्यो संस्थाको विरुद्ध बोल्ने दुस्साहस गरेको छैन । निरंकुशताको व्याधा बन्ने खलपात्रको विरुद्ध बोल्न पाइन्छ ।’ पदमा बसेकाको यो या त्यो लिङ्ग भनेर अस्मिताको कुरा गरिएकोमा असन्तुष्टि जनाइन् । उनले भनिन्,‘कुनैपनि पदको लिङ्ग नुहने बताइन् ।’

प्रधानमन्त्री ओलीलाई जङ्गी कागजी बादशाहको संज्ञा दिदै संविधान र राजनीतिक प्रणाली नै समाप्त गर्न लागेकोले आफूहरु बोलेको बताइन् । उनले भनिन्,‘ खड्गप्रसाद ओली कागजी बादशाह हुन् ती ढलिसके अन्तिम घोषणा गर्न बाँकी छ । यो उनको अधोगती हो ।’



प्रतिक्रिया दिनुहोस्