Logo

रामकुमारी झाँक्रीले सम्बोधन गर्नुअघि मुखमा टाँसिएको कालो टेप फाल्दै भनिन्–बोल्न पाईन्छ (भिडिओसहित)



काठमाडौं, २८ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले आज प्रतिनिधिसभा विघटनविरुद्ध काठमाडौंमा विशाल सभाको आयोजना गरेका छन् । सभामा वक्ताको रुपमा नेतृ रामकुमारी झाँक्रीले सम्बोधन गर्दै गर्दा फरक दृश्य देखियो । उनी प्रतिगमन मुर्दावाद लेखिएको ज्याकेट लगाएर स्टेजमा चढेकी थिईन् । उद्घोषक लिलामणि पोखरेलले वक्ताको रुपमा झाँक्रीलाइृ बोलाएपछि उनी माईकमा नपुग्दै कालो ज्याकेट फ्याँकेकी थिईन् । र, सम्बोधन गर्नुभन्दा पहिले मास्क खोल्दै मुखमा टाँसिएको कालो टेप पनि खोलेर फ्याँकेकी थिईन् । र, उनले सम्बोधनको सुरुमा भनिन्–‘बोल्न पाईन्छ ।’

विद्या भण्डारी तानाशाह अहंकारी सन्की प्रधानमन्त्रीको प्यादा: रामकुमारी झाँक्री

 



प्रतिक्रिया दिनुहोस्