Logo

ओलीले लोकतन्त्रको अपहरण गरेर मनपरीतन्त्र गरे : देवप्रसाद गुरुङ (भिडिओसहित)



काठमाडौं, २८ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका नेता देवप्रसाद गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको संविधानलाई कोमामा पुर्याएको टिप्पणी गरेका छन् । उनले वर्तमान सरकारलाई कामचलाउको पनि संज्ञा दिएका छन् । आज काठमाडौंमा आयोजित विशाल जनसभालाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री ओलीले लोकतन्त्रको अपहरण गरेर मनपरी शासन गरेको पनि आरोप लगाए । उनले संविधानले नै संसदको आयु पाँच वर्ष तोकेकोले संविधान मिचेर गरिने निर्वाचन गलत हुने टिप्पणी गरे ।



प्रतिक्रिया दिनुहोस्