Logo

नेप्से आज ८ अंकले बढ्यो, ग्लोबल आइएमई शिर्ष स्थानमा



काठमाडौं, २८ माघ । साताको कारोबारको चौथो दिन आज शेयर बजार ०.३४ प्रतिशत अर्थात ८.६६ अंकले बद्धि भई २५४३.०३ विन्दुमा पुगेको छ ।
नेप्से परिसुचक आज १९१ कम्पनीका ६२ हजार १५ पटक कारोबार भएर ७ अर्ब ६४ करोड ९४ लाख ११ हजार ३९८ रुपैयाँ बराबरको १ करोड ४९ लाख ६ हजार ७७ कित्ता शेयर खरिद बिक्रि भएको छ ।

त्यस्तै, आज सेन्सेटिभ इन्डेक्स २.५६ अंकले बढेर ४६५.१३ विन्दुमा पुगेको छ । आज र्बैकिङ्ग १.५ प्रतिशत, होटल २.१४ प्रतिशत, विकास बैंक ०.०४ प्रतिशत, फाइनान्स ३.२७ प्रतिशत, निर्जीवन बीमा ०.४७ प्रतिशत परिसुचक बढेका छ भने मंगलबार व्यापार, उत्पादन तथा प्रशोधनको १.१५ प्रतिशत, हाइड्रोपावर ०.९८ प्रतिशत, माइक्रोफाइनान्स १ प्रतिशत, जीवन बीमा ०.६२ प्रतिशत, म्युचुअल फण्ड ०.२३ प्रतिशत र अन्यको ०.३ प्रतिशत परिसुचक घटेको छ ।

शेयर बजार ८ अंकले बृद्धि हुँदा ग्लोबल आइएमई बैंकको सबैभन्दा बढी कारोबार भएको छ । र्बैकको ५२ करोड २ लाख रुपैयाँको कारोबार भएको छ । प्रतिकित्ता २५ रुपैयाँले बढेर ४४ड रुपैयाँ पुगेको छ । त्यस्तै, गुहेश्वरी मर्चेन्ट बैंक तथा फाइनान्सले ९.७७ अंक अर्थात ४० रुपैयाँले बढेर २३६ कायम भएको छ ।

 



प्रतिक्रिया दिनुहोस्