Logo

मङ्गल टेक्दै यूएईको अन्तरिक्ष यान’आशा’



एजेन्सी, २८ माघ । अन्तरिक्ष विज्ञानमा यूनाइटेड अबर एमिरेट्स(यूएई)ले इतिहास बनाउन लागेको छ । सात महिना अघि पृथ्वीबाट प्रक्षेपण गरिएको अन्तरिक्ष यान मङ्गलबार मङ्गल ग्रहको कक्षमा अवतरण गर्दैछ । उक्त अभियानको ‘आशा’ नाम दिइएको छ । हाल उक्त यान एक लाख २० हजार किलोमिटर प्रति घण्टाको दरले घुमिरहेको छ । मङ्गल ग्रहको गुरुत्वाकर्षणसँग मेल खाने गरी ब्रेकिंग इन्जिन छुट्टाउन अन्तरिक्ष यानले २७ मिनेटसम्म प्रयत्न गर्नेछ । र उक्त कार्यमा सफलता पाएपछि मङ्गल ग्रहको जलवायु अध्ययन गर्ने विश्वास गरिएको छ ।

परियोजना निर्देशक ओमरान शर्राफले भने, “हामी अत्यन्तै जटिल चरणमा पुग्दैछौं, यस चरणले नै हामी मङ्गल पुग्यौं वा पुगेनौं निर्धारण गर्नेछ र हामीले विज्ञानलाई सफलतापूर्बक सञ्चालन गर्न सक्यौं सकेनौं निक्र्योल गर्नेछ ।”बीबीसी न्यूजसँगको कुराकानीमा उहाँले भन्नुभयो, “हामी बिस्तारै गए मङ्गलमा क्रयाश हुन्छौं, छिटो गए मङ्गलबाट उछिट्टिने छौं ।”

रातो ग्रहको उपनाम पाएको मङ्गलमा यसै महिना पुग्न लागेको आशा तेस्रो अन्तरिक्ष यान हुनेछ । बुधबार नै चिनियाँ ताइवान–१ ले समेत मङ्गल टेक्ने प्रयास गर्दैछ । त्यसैगरी, अमेरिकी ठूलो अन्तरिक्ष यान नौ दिनपछि मङ्गल टेक्नेछन् ।उक्त अन्तरिक्ष यानको नियन्त्रण तथा सञ्चालन दुबईस्थित मोहम्मद बिन राशिद अन्तरिक्ष केन्द्रबाट गरिदैछ । मङ्गल र पृथ्वीबीचको दूरी १९ करोड किलोमिटर रहेको छ ।आशाको तौल करिब एक हजार ३५० किलोग्राम छ । जसमध्ये करिब आठ सय किलोग्राम इन्धन प्रयोग गरिएको छ । इन्धनको पचास प्रतिशत मात्रा मङ्गलबार मात्रै खपत हुनेछ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्