Logo

हुन्डाईको साताव्यापी एक्सचेन्ज मेला जारी



काठमाडौं । नेपालका लागि हुन्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले सोमबारदेखि हुन्डाई एक्सचेन्ज मेला सञ्चालन सुरु गरेको छ ।

माघ २६ देखि फागुन २ गतेसम्म बिहान १० बजेदेखि साँझ ५ बजेसम्म चल्ने मेलामा एक्सचेन्जका साथै गाडीको उच्च मूल्यांकन, नगद छुट, १५ हजार रुपैयाँ बराबरको लोयल्टी बोनस र १ लाख ४० हजारसम्मको एक्सचेन्ज बोनसका साथै ६ वर्षको निःशुल्क सर्भिस र ३ वर्षको वारेन्टी पनि उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार, देशव्यापी कार्यक्रमले हुन्डाईका ग्राहकलाई उत्कृष्ट एक्सचेञ्ज योजना र आफ्ना सवारी साधन साटफेर र खरिद गर्ने अवसर छ । कम्पनीले वर्षभरि ग्राहक सुविधाका लागि विभिन्न योजना र एक्सचेञ्ज क्याम्प आयोजना गर्दै आएको छ ।



प्रतिक्रिया दिनुहोस्