Logo

अमेरिकाद्धारा म्यानमारमाथि प्रतिबन्ध लगाउने घोषणा



एजेन्सी, २९ माघ। अमेरिकाले अब म्यानमारमाथि प्रतिबन्ध लगाउने भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले म्यानमारमाथि प्रतिबन्ध लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गरेका हुन् ।राष्ट्रपति बाइडेनले बुधबार म्यानमारमा सैनिक कूको योजना बनाउने, कू गर्ने सेनाका जनरल र उनीहरूका परिवारका सदस्यहरूलाई प्रतिबन्ध लगाउने गरी आदेशमा हस्ताक्षर गरेको हो ।आदेशमा हस्ताक्षर गरेपछि अमेरिकीले पहिलो चरणमा एक साताभित्र कसलाई के—केमा प्रतिबन्ध लगाउने भन्ने निर्क्यौल गर्ने बाइडेनको भनाई छ । पहिलो चरणमा अमेरिकामा रहेको म्यानमार सरकारको १ अर्ब अमेरिकी डलरमा सैनिक जनरलहरूको पहुँच पनि रोक्ने जनाईएको छ ।

बाइडेनले भने,‘हामी थप प्रतिबन्ध लगाउन पनि तयार रहनेछौं र यो प्रयासमा अरू मुलुकलाई जोड्न अन्तर्राष्ट्रिय साझेदारसँग निरन्तर काम गर्नेछौं।

बाइडेनले नेतृ आङ सान सुकीसहित अन्य नेताहरूलाई तत्काल रिहा गर्न र सत्ता हस्तान्तरण गर्न पनि म्यानमारको सेनालाई भनेका छन्। म्यानमारको सेनाले गत फेब्रुअरी १ मा नागरिक सरकार अपदस्त गरेर सत्ता हत्याएको थियो । गत नोभेम्बरमा भएको चुनावमा धाँधली भएको भन्दै सेनाले उक्त चुनावबाट निर्वाचित भएका सांसदहरूको पहिलो बैठक बस्न लागेको दिन नै सत्ता कब्जा गरेको हो।-दृष्टिबाट



प्रतिक्रिया दिनुहोस्