Logo

बाइडेनले गरे सी चिनफिङसँग टेलिफोनमा कुरा



एजेन्सी, २९ माघ। अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ समकक्षी सी चिनफिङबीच टेलिफोनमा कुराकानी भएको छ । उनीहरूबीच केही समयअघि कुराकानी भएको समाचार संस्था एएफपीले उल्लेख गरेको छ । जनवरी २० मा अमेरिकाको राष्ट्रपति बनेका बाइडेनले पहिलो पटक चिनियाँ समकक्षीसँग कुराकानी गरेका हुन्।

लुनार नयाँ वर्षको पूर्वसन्ध्यामा दुई राष्ट्रपतिबीच कुराकानी भएको साउथ चाइना मर्निङ पोष्टले पनि उल्लेख गरेको छ । यी दुई ठूला अर्थतन्त्रबीचको आगामी सम्बन्ध कसरी अगाडि बढ्छ भन्नेमा संसारभरि चासो रहेको छ । यो टेलिफोन कुराकानीलाई निकै महत्वका साथ हेरिएको छ।

बाइडेन-सीबीचको टेलिफोन कुराकानीमा के/के छलफल भयो भन्नेबारे भने खुलाइएको छैन। यसअघि बाइडेनले चिनियाँ राष्ट्रपति सीको शरीरमा प्रजातन्त्रको हाडै नभएको बताएका थिए । बाइडेनले यसअघि रूसी राष्ट्रपति भ्लादमिर पुटिन र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि टेलिफोनमा कुरा गरेका छन् ।-दृष्टिबाट/Photo: Agency



प्रतिक्रिया दिनुहोस्