Logo

रामकुमारी झाँक्रीलाई पक्राऊ गर्न घरमै प्रहरी



काठमाडौं, २९ माघ । नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड-नेपाल समूहकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई पक्राऊ गर्न प्रहरी उनकै घरमा पुगेको छ । यतिबेला उनको बानेश्वरस्थित घरमा प्रहरी पुगेको छ ।

घर बाहिर सादा पोशाक र पोशाकसहित प्रहरी पुगेका छन् । झाँक्री भने घरबाट बाहिर निस्केकी छैनन् । प्रहरीले झाँक्रीलाई घरबाट बाहिर आउन भनिरहेको छ । उनी भने पत्रकारहरुसँग घरभित्रै अन्र्तक्रिया गरिरहेकी छिन् ।

यसअघि सोधपुछका लागि प्रहरी कहाँ नपुगे पक्राऊ गर्ने तयारी गरिएको थियो । अपराध अनुसन्धान महाशाखाले सोधपुछका लागि डाकेकोमा उनी जान मानेकी थिइन् । प्रहरी स्रोतले माथिबाटै आदेश आएकाले झाँक्रीलाई पक्राउ गर्न लागिएको जनायो ।

आक्रामक अभिव्यक्तिका कारण चर्चामा रहेकी झाँक्रीमाथि राष्ट्रपति विद्यादेवी भण्डारीको मानमर्दन हुने गरी बोलेको आरोप छ । राष्ट्रपति भण्डारीविरुद्ध बोलेपछि विवादमा परेकी झाँक्रीलाई पक्राऊ गर्न महिलासम्वद्ध संघसंस्थाहरुले ज्ञापनपत्र गृहमन्त्री बादललाई समेत बुझाएका थिए । उनलाई पक्राऊ गर्न सत्तारुढ नेकपाको ओली समूहबाट दबाब बढेको थियो ।

गोरखामा आयोजित विरोध कार्यक्रमा झाँक्रीले राष्ट्रपति भण्डारीलाई बडामहारानी भनेकी थिइन् । उनले भनेकी थिइन्,‘राष्ट्रपतिका कुरा त के गर्नु, म बडामहारानीलाई गोरखाबाटै सन्देश निन चाहन्छु निर्वाचनको तयारीका लागि सुखसुविधा ऐस आराम छाडेर शितलनिवास छाडेर पहिला कोटेश्वरमा आउनुहोस्, चाबहिल कि कता बानेश्वरतिर बसाईँ छ भन्ने सुन्या छु, होइन भने बालकोटै गए पनि हुन्छ ।’

उपत्यका प्रवेश गरेलगत्तै रामकुमारी झाँक्रीलाई पक्राऊ गर्ने तयारी

रामकुमारी झाँक्री सेल्फीमा मस्त, प्रहरी पक्राऊका लागि ठिक्क

रामकुमारी झाँक्रीले भृकुटीमण्डपमा बोल्ने, प्रहरीले के गर्ला र ?

प्रहरीले झाँक्रीलाई सोधपुछको लागि बोलायो

यसअघि रिपोर्टर्स नेपालले रामकुमारी झाँक्रीलाई काठमाडौं उपत्यका प्रवेश गरेलगत्तै पक्राऊको तयारी भएको खुलासा गरेको थियो । झाँक्रीले बुधबारको विरोध प्रदर्शनमा पक्राऊ गरेर देखाउन चुनौती दिदै आफू बोल्न नछाड्ने दृढता व्यक्त गरेकी थिइन् ।



प्रतिक्रिया दिनुहोस्